काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले महाङ्काल, काठमाडौंस्थित इजी डेन्टल प्रालिमा विशेष छुट पाउने भएका छन् ।
बैंक र इजी डेन्टल प्रालिबीच आज भएको सम्झौताअनुसार बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले इजी डेन्टलमा १५ प्रतिशको आकर्षक छुट पाउने छन् ।
इजी डेन्टलसँगको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबार बाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकले जनाएको छ ।
सिटिजन्स बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।