Logo
Logo

सरकारविरुद्ध सडकमा जाने राप्रपाको निर्णय


756
Shares

काठमाडौं । केपी ओली नेतृत्वको सरकार असफलताउन्मुख रहेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सडकमा उत्रने निर्णय गरेको छ । राप्रपाले विज्ञप्ति जारी गर्दै यहि पुस र माघ महिनामा सरकारविरुद्ध प्रदेश, जिल्ला र स्थानीय तहमा खबरदारी सभा गर्ने जानकारी दिएको हो ।

सरकारविरुद्धको खबरदारी सभालाई पार्टीको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्य राखेको उसले विज्ञप्तिमा भनेको छ, ‘एमाले–कांग्रेस गठबन्धन सरकार ६ महिना नपुग्दै असफलतातर्फ उन्मुख भएको छ । संसद्को पहिलो र दोस्रो दल सम्मिलित सरकार पनि जनतामा उत्साह पैदा गराउन असफल रह्यो ।’

सहकारीपीडितका समस्यामा गम्भीर बन्न सरकारलाई आग्रह गर्दै राप्रपाले बचत रकम हिनामिना गर्ने जोकोहीलाई कानुनी कारबाही दायरामा ल्याउन पनि माग गरेको छ । त्यस्तै बचतकर्ताको बचत फिर्ता सुनिश्चित गर्न पनि राप्रपाले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्