काठमाडौं । मोरङको विराटनगर सिटी एफसीलाई हराउँदै काठमाण्डौको चर्च ब्वाइज युनाइटेड ११औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबलको सेमिफाइनलमा भएको छ ।
फिदिम माविको मैदानमा आज भएको तेस्रो क्वाटरफाइनलमा चर्च ब्वाइजले विराटनगर सिटीलाई ७–१ गोलले हरायो ।
प्रतियोगिताको चौथो तथा अन्तिम क्वाटरफाइनलमा भोलि काठमाण्डौको एनआरटी क्लब र सिरहाको सलहेश युवा क्लब खेल्दैछन् । यसअघि मच्छिन्द्र क्लब र फिदिम स्पोर्टिङ क्लब फाल्गुनन्द गोल्डकपको सेमिफाइलनमा पुगेका छन् ।
गएको शनिवारदेखि शुरू भएको प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख पाँच सय ५५ रुपैयाँ तथा उपविजेताले पाँच लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ‘ए’ डिभिजन लिगका चार क्लबसहित १० वटा टिमको सहभागिता रहेको छ ।