Logo
Logo

क्रिसमसकै दिन रुसले गर्यो युक्रेनमा भीषण आक्रमण


1.4k
Shares

एजेन्सी । ‘क्रिसमस डे’का दिन रुसले युक्रेनी उर्जा केन्द्रमा भीषण आक्रमण गरेको छ । पछिल्लो २४ घण्टामा रुसी सेनाले १८४ वटा मिसाइल र ड्रोन आक्रमण गरेको हो ।

रुसले स्थल, हवाई र जल क्षेत्रबाट प्रहार गर्ने क्षेप्यास्त्रहरू तथा ड्रोनहरू प्रयोग गरेर ऊर्जा केन्द्रहरूलाई निशाना बनाएको युक्रेनी सेनाको दाबी छ । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार सो क्षेत्रमा ५९ वटा मिसाइल र ५४ ड्रोन प्रहार भएको छ । थप ५२ वटा ड्रोन भने बीचमै निष्क्रियय बनाएको युक्रेनले दाबी गरेको छ ।

आक्रमण विशेष गरेर खार्किभ, कीभ, निप्रोपेट्रोभस्क, पोल्टाभा, जाइटोमिर, इभानो–फ्रान्किभस्क र जापोरिझियामा केन्द्रित थियो । यसैबीच युक्रेनी गोलाबारीमा रुसको कुस्र्क क्षेत्रको लगोभ सहरमा चारजनाको मृत्यु भएको र पाँचजना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्