काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक हबलदारसहित ३० जना प्रहरीलाई कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालय, कानुन शाखाले बिहीबार एक सूचना जारी गर्दै लामो समयदेखि सम्पर्कबिहीन भएका दुई प्रहरी सहायक हवल्दारसहित ३० प्रहरीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन भनेको हो ।
उनी झन्डै तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेको कार्यालयले जनाएको छ । गैर हाजिर हुनेमा प्रहरी सहायक हबलदारद्वय सुन्दर सेन र वुद्धिमान तामाङसहितका प्रहरी रहेका छन् ।
समयमै हाजीर भए उनीहरुलाई सफाइको मौका दिइने अन्यथा प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम १ को खण्ड (च) को कसुरअनुसार सेवाबाट हटाउने चेतावनीसमेत दिइएको छ ।
को–को सम्पर्कबिहीन ?