Logo
Logo

दराजले ल्यायो ‘१.१ न्यू इयर मेगा सेल’, यस्ता छन् अफर


504
Shares

काठमाडौं । नेपालकै ई–कमर्स प्लेटफर्म दराजले नजिकिँदै गरेको नयाँ वर्षको स्वागतका लागि १.१ न्यू इयर मेगा सेलको आयोजना गर्ने भएको छ । १.१ न्यू इयर मेगा सेल पुस १० गतेदेखि २१ गतेसम्म चल्ने दराजले जनाएको छ ।

यस मेगा सेल मार्फत नयाँ वर्षको भब्य स्वागत गर्न सकियोस् भन्ने सोचका साथ कम्पनीले ग्राहकहरूलाई निःशुल्क डेलिभरी, ७० प्रतिशतसम्म छुट सहितको विशेष फ्ल्याश सेल डिलहरू र २ करोड रूपैयाँ बराबरको भउचरहरू समेत उपलब्ध गराउने बताएको छ ।

दराजको १.१ न्यू इयर मेगा सेल मार्फत कम्पनीले ग्राहकहरूका लागि खेलकुद र आउटडोर, फर्निचर र होम डेकोर, महिला लुगा र जुत्ता, अडिओ र मोबाइलका सामान, स्वास्थ्य तथा सौन्दर्य सामग्री लगायत विभिन्न श्रेणीहरूमा ४ हजारसम्मको छुट प्राप्त गर्न सकिने भउचर उपलब्ध गराउने जनाएको छ ।

गुणस्तरीय उत्पादन तथा शीर्ष ब्रान्डहरूको अभूतपूर्व डिलहरू समेटिएको, दराज १.१ न्यु इयर मेगा सेल, उत्कृष्ट अनलाइन किनमेल अनुभवको पर्याय बन्ने कुरामा कम्पनी विश्वस्त रहेको छ ।

ग्राहकहरूले सेटाफिल, ऐविबी, ब्रान्ड हाउस, एन्कर र बोल्ट लगायत दराज प्लाटिनम ब्रान्ड पार्टनरहरूका साथै, नाइके तथा जुभारा जस्ता गोल्ड पार्टनरहरूद्वारा उपलब्ध गरिएका विशेष छुटहरू पनि प्राप्त गर्न सक्ने जानकारी दिइएको छ ।

मेगा सेल केबल छुटहरूमा मात्र सीमित नभएको र यस मार्फत ग्राहकहरूले नयाँ उत्पादनहरू, क्लियरेन्स सेल, विभिन्न ब्रान्डहरूको हट डिल मार्फत ६० प्रतिशतसम्म छुटका साथै बजेट बाइज् अन्तर्गत ६९९ रूपैयाँ, ९९९ रूपैयाँ र एक हजार ९९९ भित्रको विशेष अफरहरूको मज्जा समेत लिन सक्नेछन् ।

दराजले आफ्ना ग्राहकहरूका लागि थप बचतको व्यवस्था गर्ने उद्देश्यका साथ नेपालका प्रमुख बैंकहरूसँग साझेदारी पनि गरेको छ ।

१.१ सेलको अवधिभर ग्राहकहरूले दराज एपमा कार्ड मार्फत भुक्तानी गर्दा थप छुटहरू प्राप्त गर्न सक्नेछन् –

पुस ११ गतेः एभरेस्ट बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत छुट (५०० रूपैयाँसम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशतसम्म छुट (७५० रूपैयाँसम्म) को लाभ उठाउन सक्नेछन्।

पुस १२ गतेः एनएमबी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गर्दा ग्राहकहरूले १० प्रतिशत छुट (५०० रूपैयाँसम्म) को लाभ उठाउन सक्नेछन्।

पुस १३ गतेः हिमालयन बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत छुट (५०० रूपैयाँसम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत छुट (५०० रूपैयाँसम्म) को लाभ उठाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्