Logo
Logo

रश्मिलाज फेसियल हाउसले मनायो १७औं बार्षिकोत्सव


2.5k
Shares

काठमाडौं । रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले विभिन्न कार्यक्रमसहित बुधवार आफ्नो १७औं वार्षिक उत्सव मनाएको छ । यो फेसियल हाउस १७ वर्षअघि क्रिशमसकै दिन स्थापना भएको थियो ।

अन्तर्राष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटीकेयरले आफ्नो १७औं बार्षिकोत्सवको अवसर पारेरमा काठमाडौंको गोंगबू आवास क्षेत्रमा रहेको मानवसेवा आश्रमका ५३ जना जेष्ठ नागरिक र साना बालबालिकाहरुलाई न्यानो कपडा बितरण गर्नुका साथै उनीहरुलाई मिष्ठान भोजन गराएको छ । सो अबसरमा केट काटेर शुभकामना आदन प्रदान गर्नुका साथै उनीहरुलाई आर्थिक सहयोग गरिएको थियो ।

बुधबार नै रश्मिलाज फेसियल हाउसले सामाखुसीको बिजी बेङ्केटमा विभिन्न कार्यक्रम गर्दै वार्षिक उत्सव मनाएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यता र अमेरिकाको ब्रेन्डफोर्डका उपमेयर रामचन्द्र श्रेष्ठको विशेष आतिथ्यतामा सो फेसियल हाउसका कर्मचारीलाई सम्मानित तथा पुरस्कृत गरियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सो वार्षिक उत्सब समारोहको उद्घाटन गर्दै नेपालमा लामो समयदेखि व्युटी क्षेत्रमा रश्मिलाज फेसियल हाउसले आफ्नो छुट्टै नाम बनाएको बताए । गुणस्तरकै कारण आजसम्म पनि रश्मिलाज फेसियल हाउस सबैको रोजाईमा परेको डिसीको भनाई थियो ।

लामो समयदेखि यो फेसियल हाउसलाई माथि पुर्याउन निरन्तर योगदान दिएको भन्दै २ जना प्रोफेसनल व्युटिसियनहरू नुतन गिरी र चन्दा घिसिङलाई कार्यक्रममा बोर्ड अध्यक्ष डिसीले विशेष सम्मान प्रदान गरे । रश्मिलाज फेसियल हाउसका विभिन्न बिद्यामा लामो समयदेखि निरन्तर सेवा दिएका फोटो ग्राफर, व्यवस्थापक, हेयर डिजाईनर, मेकअप आर्टिष्ट र ब्युटिसियनहरुलाई पनि कार्यक्रममा प्रशंसा पत्र प्रदान गरियो ।

समारोहमा केक काटेर शुभकामना आदन प्रदान गर्दै वार्षिक उत्सव सम्पन्न गरिएको थियो । सो फेसियल हाउसका सञ्चालक प्रकाश कुमार श्रेष्ठले फेसियल हाउसको तीन वटा शाखाबाट आफुहरुले ६५ जनालाई नियमित रुपमा रोजगार दिन सफल भएको बताए । यस्तै हरेक वर्ष हजारौं सौन्दर्य पारखीहरुको सुन्दरतामा निखार ल्याउन आफुहरु सफल भएको पनि उनले बताए ।

रश्मिलाज फेसियल हाउसकी अध्यक्ष एवं बरिष्ट सौन्दर्यकर्मी रश्मिला श्रेष्ठले कार्यक्रममा सबैलाई स्वागत गर्दै आफुहरुले सौन्र्दय सेवा, ब्युटिसियन सम्बन्धि प्रशिक्षण र सौन्दर्य सामग्री नेपालमै उत्पादन गर्न थालिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्