काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित सात जनालाई अदालत उपस्थित गराइएको छ ।
लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, रामबहादुर खनाल, लिला पछाईं, कृष्ण गुरूङ, आरती गुरूङ र पूर्वसांसद मीना गुरूङलाई अदालत उपस्थित गराइएको हो ।
कास्की अदालतका न्यायाधीश नीतिज राईको इजलासमा छवि र लिलाको बयान भएको छ भने रविसहितको अझै बयान भइसकेको छैन । पूर्वकोषाध्यक्ष आरती र पूर्वसांसद मीना मंगलबार पक्राउ परेका हुन् ।