Logo
Logo

तीन जनाको कारबाहीमा एमाले तीनतिर विभाजित 


12k
Shares

काठमाडौं । बुधवार बसेको एमालेको केन्द्रीय सचिवालयको बैठकले पूर्वउपाध्यक्ष भीम रावलसहित तीन नेतालाई पार्टी अनुशासन उल्लंघनको आरोपमा कारबाही ग¥यो । 

नेता रावललाई सङ्गठित सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ भने स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई ६ महिना पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको छ । तीनै जनाले अध्यक्ष ओलीकै आफूहरू कारबाहीमा परेको प्रतिक्रिया दिएका छन् । 

नेता रावललाई पार्टीबाट निष्कासन गर्ने र अरू दुई नेतालाई ६ महिना निलम्बन गर्ने निर्णयका कारण एमाले पङ्क्ति तीनतिर विभाजित बन्न पुगेको छ । एउटा पक्षले कारबाहीलाई ठिक भनिरहेको छ भने अर्को पक्ष कारबाही गलत भएको ठहर्‍याएको छ । एउटा हिस्साले भने फरक मत राखेको थियो । 

बुधबारको सचिवालय बैठकमा पनि केही पदाधिकारीले कारबाहीको निर्णयमा खुलेर समर्थन जनाएका थिए । बैठक स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र सचिव रघुबीर महासेठ कारबाहीको पक्षमा उभिएका थिए ।

आफ्नो कुरा राखेकै कारण निष्कासनकै कारबाही गरिन नहुने अडान राख्ने नेताहरू पनि ठुलै सङ्ख्यामा थिए । स्पष्टीकरणसम्म ठिकै भएपनि निष्कासन र निलम्बन जस्ता चर्को निर्णय लिन नहुने अडान राख्नेमा सात पदाधिकारी थिए ।

उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेले निष्कासनको निर्णयमा जान नहुने तर्क राखेका थिए ।

यता, उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ, सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराईले पनि कारबाहीको प्रस्तावमा फरक मत राखेका थिए । उनका अनुसार अरू पदाधिकारीले पनि बोलेका थिए । तर कारबाही गर्ने वा नगर्ने भन्नेमा प्रष्ट कुरा थिएन ।

अन्ततः अध्यक्ष ओलीले रावललाई निष्कासन गर्ने र पाण्डे र तिमल्सेनालाई निलम्बनको निर्णय लिए । असन्तुष्टिका बाबजुद ओलीले पेलेरै बैठकबाट निर्णय गराए । 

प्रतिक्रिया दिनुहोस्