Logo
Logo

नेपालमा कोरोना : ९१३ जनाले जिते, १८ को मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३१ जेठ । शनिबार थप २७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।
नियमित पत्रकार सम्मेलनमा शनिबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बितेको २४ घण्टामा २७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । संक्रमतिमध्ये २४७ जना पुरुष र २६ जना महिला रहेका छन्
। यस्तै यो २४ घण्टामा ३६ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या ९१३ पुगेको छ ।
यस्तै, कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । बाराको निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको डा. गौतमले बताए । पर्सामा जेठ २८ गते मृत भेटिएका पुरुषमा पनि कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्