Logo
Logo

सामाजिक सुरक्षा कोषले माग्यो २९ कर्मचारी


630
Shares

काठमाडौं । सामाजिक सुरक्षा कोषले रिक्त रहेका विभिन्न तह र पदमा पदपूर्तिका लागि कर्मचारी माग गरेको छ ।

कोषले आज एक सूचना जारी गर्दै आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि दसौँ तहदेखि चौथो तहसम्म गरी २७ वटा पदमा २९ जना कर्मचारी माग गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले माघ ३ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ १० गतेसम्म अनलाइनबाट दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्