काठमाडौं । संघीय संसदअन्तर्गत आज दुई वटा समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार राज्य व्यवस्था सुशासन समिति र पूर्वाभार विकास समितिको बैठक बस्ने भएको हो ।
बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।
त्यस्तै मध्यान्ह सवा १२ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रश्तावकर्ता सदस्यहरुसँग छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।