काठमाडौं । गायिका सरिता भारती र गायक ओम सुनारको स्वरमा नयाँ गीत ‘छोड सताउन’को भिडियो सार्वजनिक भएको छ । सरिता र ओमको यो पहिलो सांगीतिक सहकार्य हो ।
यो गीत पश्चिमेली लोक भाकामा आधारित छ । यस गीतमा संगीत ओम सुनारले नै गरेका छन् । म्युजिक किचनमा राजेन्द्र बजगाईले रेकर्ड गरेको यो गीतलाई मनोज परियारले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।
यस गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन् । कर्णाली र सुदुरपश्चिम प्रदेश भ्रमणको बेलामा त्यहाँ प्रयोग हुने छोट्या र छोट्टी (केटा र केटी) शब्द टिपेका गीतकार क्षत्रीले सोही शब्दलाई गीतमा प्रयोग गरेर स्थानीय भाषालाई अन्तर्राष्ट्रिय क्षेत्रमा भिडियोमार्फत पु¥याएका छन् । यो गीतको भिडियोको निर्देशन पनि डब्बु क्षत्रीले नै गरेका हुन् ।
यस भिडियोमा सनम कठायत, प्रवण भुसाल, प्रतीक्षा काफ्ले, सजिना लामिछाने, रंजित सिञ्जालीसँग गायिका सरिता भारतीले पनि मोडलिङ गरेकी छन् । भिडियोमा अरु कलाकारहरु नकुल गिरी, हरिकृष्ण गिरी, सुरेन्द्र गिरीलगायत पनि रहेका छन् ।
लामो समयदेखि नृत्य निर्देशन गर्दै आएका कृष्ण रसालले यो भिडियोमा कोरियोग्राफी गरेका छन् । भिडियोमा छायांकन, सम्पादन तथा रंग संयोजन राजेन्द्र पाण्डेले गरेका हुन् ।