Logo
Logo

भारतले पूर्वप्रधानमन्त्री सिंहको निधनमा साताव्यापी राष्ट्रिय शोक मनाउने


945
Shares

काठमाडौं । भारतले पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा सात दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेकाे छ । साथै भारत सरकारले पूर्वप्रधानमन्त्री सिंहको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।

सरकारको उक्त निर्णयसँगै शुक्रबार सबै सरकारी कार्यक्रमहरु रद्द गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बिहीबार राति ९२ वर्षको उमेरमा निधन भएका पूर्वप्रधानमन्त्री सिंहको शनिबार अन्त्येष्टि गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्