काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको दुई दिन बयान भएको हो ।
सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी लामिछानेलाई २ दिनमा २६ भन्दा बढी प्रश्न गरिएको थियो भने आरोपमा इन्कारी बयान दिएका छन् ।
प्रहरीका अनुसार अहिलेसम्म छविलाल जोशी, लिला पछाईं र रविको बयान सकिएको छ । रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, आरती गुरूङ, ललितबहादुर गुरूङ, कृष्णबहादुर गुरूङको बयान बाँकी छ । सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ ।