Logo
Logo

केन्द्रीय समितिको विस्तारित बैठक बोलाउने रास्वापाको निर्णय


1.9k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको विस्तारित बैठक बोलाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको रास्वपा सचिवालय बैठकले १९ देखि २१ पुससम्म बस्ने गरी केन्द्रीय समितिको विस्तारित बैठक बोलाउने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोगमा अधिवक्ता कमलप्रसाद पोखरेल र हरिचन्द्र भट्टराई मनोनीत गरिएको छ । साथै, संगठन विभागमा धर्म केसी, गोपाल घिमिरे र डा. विमल तिवारीलाई मनोनीत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्