काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकका लागि नयाँ अभियानको घोषणा गरेको छ ।
जसअन्तर्गत ग्राहकले आकर्षक पुरस्कारहरू जित्न सक्नेछन् । पुस १० देखि माघ १० सम्मको अवधिमा मोबाइल बैंकिङमा नयाँ दर्ता गर्ने दुई जना भाग्यशाली विजेताहरूलाई स्मार्टफोन प्रदान गर्न सक्नेछन् ।
साथै, RBB Digital Sansar, राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरेर रु. ५०० वा सोभन्दा बढीको मोबाइल टपअप गर्ने ग्राहकहरू मध्ये १०० भाग्यशाली विजेताहरूलाई रु. १०० को टपअप बोनस प्राप्त गर्नेछन् ।