काठमाडौैं । एभरेष्ट बैंकले कोशी प्रदेशको फिदिम र फुङलिङ नगरपालिकामा नयाँ शाखाको शुभारम्भ गरेको छ ।
बैंकले पुस ११ गते फिदिम नगरपालिका पाँचथरमा १३०औं शाखा र पुस १२ गते फुङलिङ नगरपालिका ताप्लेजुङमा १३१औं शाखाको शुभारम्भ गरेको हो ।
पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकलाई अत्याधुनिक दीगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यले बैंकले नयाँ शाखाको शुभारम्भ गरेको हो ।
दुई शाखाको सञ्चालन पश्चात कोशी प्रदेशमा बैंकको शाखा संख्या २० पुगको छ । यससँगै देशभर छरिएर रहेका बैंकका सम्पूर्ण शाखा सञ्जालहरू मार्फत आफ्नो सेवा विस्तार गर्न सम्पूर्ण ग्राहक महानुभावहरूलाई सहज हुने विश्वास बैंकले लिएको छ ।