काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले एमालेको नेतृत्वमाथि प्रश्न उठाएपछि भीम रावललाई पार्टीबाट निकालिएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा भुसालले आफ्नो विरोध गर्नेलाई केपी शर्मा ओलीले शत्रु ठान्ने र आफ्ना चाकरी गर्नेलाई काखी च्याप्ने गरेको भन्दै भीम रावललाई ओलीप्रति प्रश्न उठाएपछि एमालेबाट निकालिएको बताएका हुन् ।
अहिलेको अवस्थामा ओलीको सबै प्रयोग असफल भएकाले पार्टीको नेतृत्व छाड्नु हितकर हुने उनले सुझाव दिए । उनले रावललाई आफ्नै पार्टीमा आउन आह्वान समेत गरे ।
भुसालले सहकारी प्रकरणमा भएको छानबिनमा केही गडबड भएको महसुस आफूलाई भएकाले निष्पक्ष न्यायिक छानबिन हुनुपर्ने बताए ।
रवि लामिलानेलाई इश्र्याका कारण केही दुःख दिएको हुनसक्ने उनले बताए । त्यस्तै महासचिव भुसालले गणतन्त्रमा अपेक्षा अनुसारको नेतृत्व देशले अझै पाउन नसकेको धारणा राखे ।
मुलुकको सबै समस्याका साथै हक अधिकार स्थापित गराउनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए । भुसालले गणतन्त्रका नेता भनेका राजनीतिक पार्टीहरुले आफ्नो औचित्य निरन्तर गुमाउन थालेकाले नयाँ व्यवस्थाका लागि जिम्मेवारी पार्टी निर्माणका लागि राम्रो अवसर प्राप्त भएको बताए ।