Logo
Logo

सौरामा हात्तीलाई बनभोज गराइँदै (तस्बिरसहित)


504
Shares

चितवनको सौरामा १८औँ पर्यटन तथा हात्ती महोत्सव जारी छ । अग्रेजी नयाँ वर्ष तथा क्रिसमसको अवसर पारेर क्षेत्रीय होटल संघ सौराहाले हात्ती तथा पर्यटन महोत्सव आयोजना गरेको हो ।

बागमती प्रदेशका वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्माले महोत्सवको तेस्रो दिन शनिबार हात्तीलाई वनभोज खुवाउने कार्यक्रम उद्घाटन गरेका हुन् ।

हात्ती तथा पर्यटन महोत्सवले सौराहामा आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित र वृद्धि गर्ने उद्देश्य राखिएको छ । अहिले ४० प्रतिशत रहेको सौराहाका होटलको अकुपेन्सी दर महोत्सवका अवसरमा २० देखि २५ प्रतिशत बढ्ने अपेक्षा गरिएको छ ।

महोत्सवमा हात्तीको श्रृगार प्रतियोगिता, हात्ती बनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगा प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीहरुसँग बीटुबी गोष्ठी, चितवनको पर्यटनको सम्भावना हिजो र आज विषयक अन्र्तक्रिया, स्थानीय भेषभुषा तथा कला संस्कृतिसहित झाँकी प्रर्दशन पनि राखिने आयोजकले जनाएको छ ।

तस्बिरः चन्द्रकला क्षेत्री

प्रतिक्रिया दिनुहोस्