Logo
Logo

पाकिस्तानमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते


252
Shares

एजेन्सी । बलुचिस्तानको वाशुकमा एक ट्रेलर र गाडीबीचको टक्कर हुँदा तीन जनाको मृत्यु तथा पाँच जना घाइते भएका छन् । वासुक जिल्लाको सरचाश्मा क्षेत्रमा सडक दुर्घटना भएको एआरवाई न्युजले जनाएको छ ।

घाइते र मृतकहरु बसिमा क्षेत्रका रहेको अस्पताल स्रोतले जनाएको छ । एआरवाई न्यूजले अस्पताल स्रोतलाई उद्धृत गर्दै भन्यो, ‘घायलमध्ये चार जनाको अवस्था गम्भीर छ । घाइतेहरूलाई क्वेटा अस्पतालमा रिफर गरिएको थियो ।’

अक्टोबर ३० मा बलुचिस्तानको सिबी, नोस्की र वाशुक जिल्लामा भएका तीनवटा दुर्घटनामा १२ जनाको मृत्यु भएको र १९ जना घाइते भएको डनले जनाएको छ ।

वासुकको नाग क्षेत्रमा इरानी पेट्रोल बोकेको गाडी अर्को गाडीसँग ठोक्किएपछि सबैभन्दा ठूलो दुर्घटना भएको डनले जनाएको छ । दुवै गाडीमा आगजनी हुँदा भित्र रहेका मानिसहरूलाई भाग्ने कुनै मौका मिलेन । तीमध्ये पाँच जनाको जलेर मृत्यु भएको छ ।

‘दुवै गाडीमा रहेका सबै पाँच जनाको जलेर मृत्यु भएको छ’, वासुकका सहायक आयुक्तले बताए । बलुचिस्तानमा अर्को दुर्घटनामा, जेकोबाबाद जाँदै गरेको भ्यानले सिबी जिल्लाको मिथ्री क्षेत्र नजिक क्वेटा–सिबी राजमार्गमा ट्रकसँग ठोक्किँदा पाँच यात्रुको मृत्यु भएको छ र अन्य १३ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । दुबै सवारी साधनको तीव्र गतिका कारण दुर्घटना भएको लेवी अधिकारीहरुले बताएका छन् । लेवी र एफसीका जवानहरूले शव र घाइतेहरूलाई सिबी जिल्ला अस्पतालमा लगेका छन् ।

तेस्रो दुर्घटनामा नोश्की जिल्लाको डाक क्षेत्रमा विवाह भोज बोकेको गाडी पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । डनको रिपोर्टका अनुसार मृत्यु हुनेमा एक महिला पनि छन् ।

यस वर्षको सेप्टेम्बरमा पनि बलुचिस्तानको खुजदार, सुराब र नसिराबाद क्षेत्रमा सडक दुर्घटनामा छ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्