काठमाडौं । दक्षिण कोरियाको एक एयरपोर्टमा विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।
आज बिहान बैंककबाट फर्किएको जेजु एयरको जहाज मुआन काउन्टीको मुसान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको थियो ।
त्यसपछि विमानमा आगो लाग्दा मृत्यु हुनेको संख्या ६२ पुगेको हो । दुई जनाको जिवितै उद्दार गरिएको बीबीसीले उल्लेख गरेको छ ।
एक सय ७५ जना यात्रु मध्य एक सय ७३ जना दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका नागरिक रहेका थिए । अन्य व्यक्तिको खोजी जारी रहेको अन्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।