Logo
Logo

अजरबैजानी विमान दुर्घटनाप्रति रुसले माग्यो माफी


630
Shares

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमा अजरबैजानको विमान दुर्घटना भएको भन्दै माफी मागेका छन् । पुटिनले अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभसँग फोनमा कुरा गरेर आफ्नो हवाई क्षेत्रमा दुखद् र्दुघटना भएको भन्दै माफी मागेका हुन् ।

पुटिन प्रशासनले निकालेको विज्ञप्तीमा आफ्नो देशको हवाई क्षेत्रमा भएको ‘दुःखद घटना’मा माफी मागेको बताए पनि अजरबैजानी विमान खसाल्नुमा रुसको भूमिका रहेको स्वीकार भने गरेको छैन ।

रुसले युक्रेनी ड्रोन आक्रमणबाट जोगाउन आफ्नो वायु रक्षा प्रयोग गर्दा अजरबैजानको एक यात्रु विमान दुर्घटनाग्रस्त भएको बताइएको छ ।

बुधवार अजरबैजानी विमान कजाकिस्तानको अक्ताउ सहरमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । रुसको दक्षिणी भागबाट फर्कँदै गरेको विमान अवतरण गर्ने बित्तिकै आगो लागेको थियो । बिमानमा ६७ जना रहेकोमा ३८ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्