काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरक्षिक (एआईजी) भरतबहादुर बोहरा अवकास भएका छन् । प्रदेश समन्वय विभागका प्रमुखसमेत रहेका बोहरा ५६ वर्षे उमेर हदका कारण आज (आइतबार)देखि अनिवार्य अवकासमा गएका हुन् ।
२०५१ चैत ५ गते प्रहरी निरीक्षकबाट उनी प्रहरी सेवामा प्रवेश गरेका थिए । उमेर हदका कारण ३० वर्षे सेवा अवधि पनि पूरा नहुँदै अवकास हुँदा एआईजीका रूपमा उनले २ साता पनि काम गर्न पाएनन् । उनले एकसाता अघि मात्रै दज्र्यानी चिह्न लगाएका थिए ।
अवकासमा जाने भएकै कारण सरकारले उनलाई छोटो समयका लागि एआईजीमा बढुवा गरेको थियो । बोहरा आईजीपी वसन्तबहादुर कुँवरकै ब्याची हुन् ।