काठमाडौं । लुक्लाबाट काठमाडौं आइरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गराइएको छ । इलटसहित ६ जना सवार हेलि एभरेस्टको हेलिकप्टरमा चरा ठोक्किएलगत्तै पूर्वसावधानी अपनाएर हेलिकप्टरलाई भक्तपुरको साँगामा अवतरण गरिएको हो ।
विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले लुक्लाबाट काठमाडौं आएको हेलि एभरेस्टको हेलिकप्टरमा चरा ठोक्किएको र साँगामा आकस्मिक ल्याण्ड गरिएको बताए। उक्त हेलिकप्टरमा ५ जना विदेशी यात्रु र पाइलट थिए । उनीहरु सबै सकुशल रहेको र हेलिकोप्टर चेकजाँचपछि पुनः उड्ने प्रवक्ता शेर्पाले जानकारी दिए ।