Logo
Logo

अखिल क्रान्तिकारीमा फेरि विवाद, माओवादीले बोलायो पदाधिकारी बैठक


1.6k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेरहद विवाद देखिएपछि त्यसबारे छलफल गर्न माओवादीले आज दिउँसो ३ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएको हो ।

अखिल क्रान्तिकारीमा उमेहर हद ३२ वर्ष राख्ने कि नराख्ने भन्ने विषयमा शनिबार मतदान भएको थियो । तर, उमेरहद कायम गनुपर्ने पक्षमा ३३ मत बढी आएपछि त्यसलाई अर्को पक्षले अस्वीकार गर्दा मत परिणाम सार्वजनिक हुन सकेको छैन ।

यसअघि उमेरहद १८, २५, ३२ कति राख्ने भन्नेमा लामो समय विवाद हुँदा माओवादी केन्द्रले ३२ माथि मतदान गरेर जान निर्देशन दिएको थियो ।

गत असोज १०–१५ सम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सञ्चालन भएको २३ औं सम्मेलनमा उमेर हदको विवाद चर्किँदा कुनै निर्णय नै नगरी बन्दसत्र स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्