Logo
Logo

शेरा दरबारको जग्गाबारे गृहमन्त्रीको चासो


1.1k
Shares

काठमाडौं । नुवाकोटस्थित शेरादरबारको जग्गा निजी कम्पनीले अवैधानिक रुपमा भोगचलन गरिरहेको प्रकरणमा गृहमन्त्री रमेश लेखकले चासो देखाएका छन् । लेखकले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एआईजी दिपक थापालाई मन्त्रालयमा बोलाएर अनुसन्धानबारे ब्रिफिङ लिएका हुन् ।

त्यसक्रममा एआईजी थापाले ब्यूरोले लामो अनुसन्धानपछि शेरा दरबारको १६३ रोपनी १३ आना जग्गा निजी कम्पनीबाट जफत गरेर सरकारको नाममा ल्याउने प्रक्रिया अघि बढाइएको ब्रिफिङ गरेको बताइएको छ ।

ब्यूरोले शुक्रबार मात्र जग्गा सरकारको नाममा ल्याउनलाई भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । पृथ्वीनारायण शाहको शीतकालीन दरबारको रुपमा परिचित नुवाकोटको जग्गा नेकपा माओवादी केन्द्रका नेता विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीले भोग चलन गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्