Logo
Logo

आन्तरिक उडान तत्काल नखुल्ने, २१ गतेसम्मलाई बन्द


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३२ जेठ ।
लकडाउन खुकुलो भएपनि आन्तरिक उडान तत्काल नखुल्ने भएको छ । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई असार २१ गते सम्मलाई रोक लगाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार, जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । यसअघि सरकारले आज (जेठ ३२ गते) सम्मलाई आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा रोक लगाएको थियो ।

नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात महाशाखाका प्रमुख सचितभक्त पोखरेलले आइतबार सबै आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि जरुरी सूचना जारी गर्दै ‘सरकारको निर्णयअनुसार, व्यावसायिक यात्रु उडानलाई मात्र असार २१ गते राति १२ बजेसम्मका लागि रोक लगाइएको’ जनाएका छन् ।

यसअघि पहिलोपटक ०७६ चैत ९ गतेदेखि सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडानलाई र आन्तरिक वायुसेवालाई चैत ११ देखि १८ गतेसम्म व्यावसायिक यात्रु उडानमा रोक लगाइएको थियो । चैत १९ देखि वैशाख ३ सम्म, वैशाख ४ देखि १८ सम्म, वैशाख १९ देखि जेठ २ सम्म, जेठ ३ देखि जेठ १८ र जेठ १९ देखि वैशाख ३२ सम्म व्यावसायिक उडानमा रोक लगाइएको थियो । यी निर्णय मन्त्रिपरिषद् तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले गरेको हो ।
२१ गते पछि भने आन्तरिक उडान सुचारु हुने सम्भावना रहेको संस्कृती मन्त्रालयका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्