काठमाडौँ । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मेयर बस्नेतमाथि मुद्दा दायर गरेको हो ।
मेयर बस्नेतमाथि अखितयारले ९ करोड २२ लाख ४६ हजार ३२ घुस लिएको र सम्पत्ति शुद्धीकरण अन्तर्गत १३ करोड १२ लाख ७३ हजार ३२ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।
त्यस्तै, बस्नेतमाथि सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको हो । मेयर बस्नेतकी श्रीमती र पद्य कोलोनीका अध्यक्ष राजुप्रसाद कँडेललाई पनि मुद्दा दायर गरेको छ ।