Logo
Logo

मरेको कुखुराको मासु खाएपछि एक जनाको मृत्यु, ३ बिरामी


1.4k
Shares

काठमाडौं । अछाममा मरेको कुखुराको मासु खाएपछि एक किशोरको मृत्यु भएको छ भने परिवारका अन्य तीनजना बिरामी भएका छन् ।

आइतबार कमलबजार नगरपालिका-३ बयलाका १५ वर्षीय कमल बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुखुराको मासु खाने मृतकका हजुरआमा ७० वर्षीय नाम बिक, उनका १४ वर्षीय नातिनी सीता बिक र नाति ९ वर्षीय विकास बिक पनि बिरामी भएका छन् ।

उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनीहरुले शुक्रबार स्थानीय मासु पसलबाट ल्याएको मरेको कुखुराको मासु खाएको थिए ।

प्रतिक्रिया दिनुहोस्