Logo
Logo

रविमाथि मात्र सम्पत्ति शुद्धीकरण मुद्दा चलाएर सुशासन कायम हुँदैन : धनराज गुरुङ


12k
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले एक दुई जना नेतालाई सम्पत्ति शुद्धीकरण मुद्दा चलाएर सुशासन कायम नहुने बताएका छन् ।

महोत्तरी क्षेत्र नम्बर ३ जलेश्वरमा कांग्रेसको क्षेत्रीय भेलामा बोल्दै गुरुङले रास्वपा सभापति रवि लामिछानेमाथि लगाइएको सम्पत्ति शुद्धीकरण मुद्दाप्रति असन्तुष्ट जनाएका छन् ।

उनले सम्पत्ति छानविन एक/दुई नभई सबै नेताको हुनुपर्ने बताए । एक/दुई जना नेताको मात्रै सम्पत्ति छानविन गरेर नेता तर्साउन नहुने भन्दै उनले भने, ‘एक दुई जनाको मात्र होइन सबै नेताको सम्पत्ति छानविन हुनुपर्छ ।’ नेताको मात्र नभएर कर्मचारीको समेत सम्पत्ति छानबिन हुनुपर्ने गुरुङको जोड थियो ।

उपसभापति गुरुङले सरकार तत्काल ढल्ने परिकल्पना नगर्न कार्यकर्तालाई आग्रह गरे । ‘सरकार मन्त्री र प्रधानमन्त्री मात्रै परिवर्तन गरेर केही हुँदैन । भएको मन्त्रीमण्डललाई सबैले सफल कार्यमा लगाउन सहयोग गरौं,’ गुरुङले भने ।

प्रतिक्रिया दिनुहोस्