Logo
Logo

अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन


882
Shares

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । उनको १०० वर्षको उमेरमा जर्जियामा हिजो निधन भएको हो । उनी अमेरिकाको इतिहासमा सबैभन्दा लामो समयसम्म जीवित रहेका राष्ट्रपति थिए ।

१ अक्टुबर १९२४ मा जन्मिएका उनी १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । आर फोर्डलाई हराएर उनी अमेरिकाको ३९औं राष्ट्रपति बनेका थिए ।

मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक क्याम्प डेभिड सम्झौता गर्न मध्यस्थता भूमिका निर्वाह गरेका उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार पनि पाएका थिए ।

उनले पदमा रहँदा वा नरहँदा पनि कार्टर सेन्टरको नामबाट शान्ति, मानवअधिकार, चुनाव पर्यवेक्षण लगायतका सेवामुलक क्षेत्रमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्