Logo
Logo

हिमालयन बैंकको नयाँ बानेश्वर शाखा कोटेश्वर स्थानान्तरण


315
Shares

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकसँग मर्ज गरेपछि नजिक भएका शाखा सञ्जालहरुमध्ये नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरेको छ ।

नयाँ बानेश्वरमा भएको शाखालाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका–३२, कोटेश्वरबाट १४ गतेदेखि कोटेश्वर शाखा नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गरी संचालनमा ल्याएको हो ।

उक्त शाखाको शुभारम्भ बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका थिए ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८२ एटीएम ८,००० भन्दा बढी POS Terminals र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्