काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
ग्लोबल आईएमई बैंक १८ पुसमा १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गर्दैछ । सो अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने बैंकले जनाएको छ ।
सचेतना कार्यक्रममा बैंकले आधारभूत बैंकिङ सेवा, डिजिटल÷नवीनतम बैंकिङ सेवा, बैंकिङ विवरण सुरक्षित राख्ने उपाय लगायत बारेमा जानकारी प्रदान गरिने छ ।