Logo
Logo

तीन महिनापछि डिआईजीको राजिनामा स्वीकृत


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, १ असार
राजिनामा दिएको तीन महिनापछि नेपाल प्रहरीका डिआईजी डा. राजीव सुब्बाको राजिनामा स्वीकृत भएको छ । प्रहरीको सञ्चार निर्देशनालयका प्रमुख रहेका डा.सुब्बाले व्यक्तिगत कारण देखाउँदै राजिनामा दिएका थिए ।


उनको राजिनामा आईतबार स्वीकृत भएको हो । बिद्याबारिधी गर्न अमेरिका जाँदा गरेको सम्झौताअनुसार अवधि नपुगेकाले राजिनामा स्वीकृत हुन तीन महिना लागेको थियो ।
डा सुब्बाले नेपाल प्रहरीलाई केही महत्वपूर्ण योगदान दिएका छन् । प्रहरीको सञ्चार प्रविधिको विकासमा उनको योगदान रहेको प्रहरी अधिकारीहरु बताउँछन् । साथै सामाजिक सञ्जालमार्फत प्रहरी र नागरिकको सम्बन्ध मजबुत बनाउन पनि उनले भूमिका खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्