Logo
Logo

जसपा नेपालका ५ केन्द्रीय विभागले पाए पूर्णता


1.1k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका पाँच वटा केन्द्रीय विभागले पूर्णता पाएका छन् ।

महाधिवेशनपश्चात गठित विभागहरुको बैठकबाट आवश्यक पदाधिकारी चयन गरी विभागलाई सक्रिय बनाउँन केन्द्रीय कार्यालय समितिको समन्वयमा विभागहरुलाई पूर्णता दिइएको हो ।

पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पछिल्लो समय आइतबार स्वास्थ्य तथा जनसंख्या विभागको बैठकबाट प्रमुखमा डा. सुरेन्द्र यादव र अब्दुल कलाम अन्सारीलाई विभागको सचिव चयन गरिएको छ ।

पूर्ण बस्नेत प्रमुख रहेको प्रचार प्रसार तथा प्रकाशन विभागको उपप्रमुखमा शम्भु झा र सचिवमा देबबहादुर दुरा चयन भएका छन् ।

यसैगररि सहकारी तथा गरिवी निवारण विभागको बैठकबाट प्रमुखमा उदयकान्त मिश्र र विभागको विज्ञ सदस्यमा रघुवीर मिजार मनोनित भएका छन् ।

युवा, विद्यार्थी तथा खेलकुद विभागको उपप्रमुखमा कृष्णशंकर साह र सचिवमा रमेश यादव चयन भएका छन् । जुन विभागको प्रमुख विक्की यादव रहेका छन् ।

यसैगरी वन तथा वातावरण विभागको सचिवमा हंशा साह तथा विभागको विज्ञ सदस्यमा चन्देश्वर सदा र माधवप्रसाद देवलाई मनोनित गरिएको छ ।

यसैबीच अर्जुन थापा प्रमुख रहेको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको बैठक आज पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको छ । बाँकी विभागलाई पूर्णता दिनको लागि पुस २४ गतेसम्म पालैपालो बस्ने गरी बैठक आह्वान गरिएको बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्