काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगी प्ररकणमा रवि लामिछानेलाई कानुनी कारबाही गरिए नारायणहिटी दरबारमा राजा लगेर राख्ने सम्मका मुप्रचार गरिएको बताएका छन् ।
एमाले प्रचार तथा प्रकाशन विभाग दाङले सोमबार घोराहीमा आयोजना गरेको कार्यकर्ताल भेलालाई सम्बोधन गर्दै उनले सहकारी प्रकरणमा रवि लामिछानेलाई पक्राउ गरेपछि विद्रोह हुन्छ र नारायणहिटी दरबारमा राजालाई लगेर राख्छौं भन्नेसम्मका कुप्रचार गरिएको बताएका हुन् ।
‘सहकारी प्रकरणमा रवि लामिछानेलाई पक्राउ गरेपछि विद्रोह हुन्छ र नारायणहिटी दरबारमा राजालाई लगेर राख्छौँ भन्ने हल्ला चलाइयो । रवि लामिछानेलाई कानूनी कारबाही गर्दा नारायणहिटी दरबारभित्र राजा पस्नेसम्म योजना बनाइयो,’ उनले भने, ‘त्यो पनि कुप्रचार नै थियो । सुरुमा केही मान्छेहरू सडकमा देखिएको भए पनि बिस्तारै हराउँदै गएको छ ।’
उनले रविको विरुद्धमा बिस्तारै तथ्यहरू आउन थालेपछि नयाँ भन्नेवित्तिकै विकल्प हुन्छ भन्ने भ्रम चिरिएको जिकिर गरे । साथै नेता पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्छ भन्ने हल्लामा कुनै सत्यता नभएको तर यसको प्रभाव आर्थिक क्षेत्रमा परेको बताए ।