काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाएका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
गुरुङ समुदायले ‘तमु ल्होसार’ लाई नयाँ वर्षका रूपमा भव्यरुपमा मनाउने गर्छन् । सोही अवसरमा आज काठमाडौंमा सांस्कृतिक पहिचान झल्कने र्यालीसहित कार्यक्रमको आयोजना गरिएको छ ।