काठमाडौं । एमालेबाट निकालिएका डा.भीम रावलले पत्रकार सम्मेलन गर्ने भएका छन् । एमालेबाट निष्काशित भएपछि रावलले पहिलोपटक आगामी कार्य योजनाबारे जानकारी दिन बुधबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेका हुन् ।
आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लागेको रावलका सहयोगी गोविन्द दुवालले जानकारी दिए । पत्रकार सम्मेलन कार्की ब्याङकेटमा हुनेछ ।
एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेले पार्टीबाटै निष्काशन गरेपछि नयाँ पार्टी खोल्नेबारे उनले आन्तरिक छलफल गरिरहेका छन् ।