Logo
Logo

विश्व शरणार्थीको सङ्ख्या १२ करोड २० लाख नाघ्योः युएनएचसिआर


252
Shares

एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (युएनएचसिआर) का अनुसार सन् २०२४ मा विश्वभर शरणार्थीको सङ्ख्या १२ करोड २० लाख नाघेको छ ।

जर्मनीमा युएनएचसिआरका राष्ट्रिय निर्देशक पिटर रुहेनस्ट्रोथ–बाउरले शरणार्थीको तथ्याङ्कहरूलाई चिन्ताजनक रूपमा वर्णन गरे ।

युएनएचसीआरको जर्मन साझेदारको वार्षिक प्रतिवेदनले सन् २०२३ मा विश्वव्यापी शरणार्थी जनसङ्ख्या ११ करोड ७४ लाख अनुमान गरिएको देखाएको छ । यो वृद्धि मुख्यतया सुडानमा गृहयुद्धको कारण हो ।

अप्रिल सन् २०२३ मा हिंसा बढेपछि एक करोड १८ लाख भन्दा बढी मानिस सुडानबाट भाग्न बाध्य भएको बयानमा उल्लेख छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गो तथा म्यानमारको अवस्थाले शरणार्थी सङ्ख्यामा बृद्धिमा योगदान पु¥याएको छ ।

गाजा र लेबनानमा द्वन्द्वको परिणामस्वरूप १७ लाख भन्दा बढी मानिसहरूलाई जबरजस्ती विस्थापित भएको छ ।

प्रतिक्रिया दिनुहोस्