Logo
Logo

बाजुरा : कृषि क्षेत्रका लागि ५ करोड ८४ लाख विनियोजन


- दृष्टि न्युज/संवाददाता

0
Shares

  • नन्दा थापा

बाजुरा, १ असार । कृषि विकास कार्यक्रमका लागि सशर्त अनुदानअन्तर्गत जिल्लाका नौवटै स्थानीय तहमा संघीय सरकारबाट ५ करोड ८४ लाख वजेट विनियोजन भएको छ । जिल्लाको कृषि प्रवद्र्धन र कृषि पेशामा आत्मानिर्भर बनाउनका लागि विभिन्न शिर्षकहरुमा बजेट बिनियोजन भएको कृषि ज्ञान केन्द्र बाजुरका सुचना अधिकारी मिनप्रसाद जैशीले जानकारी दिए ।
कृषक दर्ता र कृषि तथ्यांकका लागि ३६ लाख, रैथाने वाली प्रवद्धन कार्यक्रमका लागि २० लाख व्यवसायीक स्याउ तथा ओखर खेतीका लागि १ करोड ७८ लाख फलफूल नर्सरी स्थापनाका लागि ८ लाख बिनियोजन गरिएको छ ।
त्यस्तै प्रधान्मन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत प्राथमिकता प्राप्त कृषि बालीको पकेट क्षेत्र विकासका लागि २ करोड १३ लाख र वाख्रा पकेट कार्यक्रमका लागि १ करोड २९ लाख विनियोजन भएको छ । कोरोना कहर मध्येनजर गर्दै वेरोजगारी समस्या र उत्पादनलाई विशेष जोड दिनका लागि संघिय सरकारबाट विनियोजित वजेटसँग सहकार्य समन्वय हुने गरी स्थानिय तहले वजेट तथा कार्यक्रम वनाउन आवश्यक रहेको सुचना अधिकारी मिन प्रसाद जैशीले बताएका छन् ।
प्रदेश सरकारको कार्यक्रम पनि अन्तिममा स्थानिय तहसँग सहकार्य र समन्वयमा संचालन गरिने भएकोले कृषिमा पसिना पोख्छु भन्ने व्यक्तिले निराश हुनुपर्ने अवस्था नभएको जैशीको भनाई छ । सबै भन्दा बढि स्वामिकार्तिक गाँउपालिका ८५ लाख बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्