काठमाडौं । एनआईसी एसिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीस्थित सियारी गाउँपालिका-४ छपिया अवस्थित पब्लिक सेकेन्डरी स्कुलमा पुस्तकालय समुद्घाटन गरेको छ ।
बैंकले मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा निर्माण गरेका भवनहरू मध्ये उक्त विद्यालयमा पुस्तकालय समुद्घाटन गरिएको जनाएको छ ।
विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले पुस्तकालय समुद्घाटन गरिएको हो ।
पुस्तकालय समुद्घाटनमा सोही गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, बैंक लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख तिलक सुन्दर कार्की तथा सम्बन्धित विद्यालयका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।
यसअघि बैंकले मधेस प्रदेशको सिराहा जिल्ला स्थित भगवानपुर गाउँपालिका–१ मा अवस्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालय, गण्डकी प्रदेशको तनहुँ जिल्ला स्थित बन्दिपुर गाउँपालिका–१ मा अवस्थित पवित्रा माध्यमिक विद्यालय, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित मोहन्याल माध्यमिक विद्यालय, कोशी प्रदेशको झापा जिल्ला स्थित बुद्धशान्ती गाउँपालिका–२ मा अवस्थित आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा अवस्थित गौरीगञ्ज माध्यमिक विद्यालयमा निर्माण गरिएका पुस्तकालयको समुद्घाटन भई सम्बन्धित विद्यालयहरुलाई हस्तान्तरण भइसकेका छन् ।