Logo
Logo

कस्तो रहला आजको मौसम ?


189
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले नेपालको तराईका धेरै स्थान र उपत्यकाको केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

आज दिउँसो र राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । देशमा पश्चिमी वायुको प्रभाव रहे पनि आज पानी पर्ने सम्भावना भने कतै देखिएको छैन।

बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु लाग्ने भएकोले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्