काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक आज (मंगलबार)देखि शुरु हुँदैछ । बैठक दिउँसो २ बजेदेखि बस्ने भएको हो ।
बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने सम्भावित कार्यसूची रहेको प्रदेश प्रमुख दुर्लभकुमार पुनले जानकारी दिए ।
उनका अनुसार हिउँदे अधिवेशनले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गर्नेछ । चौथो अधिवेशन भदौ ३१ गते अन्त्य भएको थियो ।