Logo
Logo

प्रेस संगठन बाजुराद्धारा पत्रकारलाई सुरक्षा सामग्री र ज्याकेट


- दृष्टि न्युज/संवाददाता

0
Shares

बाजुरा, १ असार । प्रेस संंगठन नेपाल बाजुराले जिल्लामा क्रियाशिल ६० जना सञ्चारकर्मीहरुलाई स्वास्थ्य तथा सुरक्षा सामग्री र ज्याकेट वितरण गरेको छ । कोरोना संक्रमणको बेला जोखिम मोलिरहेका सञ्चार कर्मीलाई व्यक्तिगत सुरक्षाका लागि सामाग्री सहयोग गरेको हो ।
गौमुल, जगन्नाथ, स्वामीकार्तिक खापर गौमुल गाउँपालिका र पीसविन बाजुरासँगको सहकार्यमा ४६ जनालाई जकेट र ६० जनालाई स्वास्थ्य तथा सुरक्षा सामाग्री सहयोग गरेको प्रेस संगठनका सचिवालय सदस्य पदम सिंहले बताएका छन् ।
सुरक्षा तथा सरसफाइका लागि प्रति व्यक्ति एक वटा ५ सय मिलिलिटरको सेनिटाइजर, एक वटा एन नाइन्टी फाइन मास्क, १० वटा सर्जिकल मास्क र गलब्सहरु सहयोग गरिएको प्रेस संगठनका जिल्ला संयोजक बसन्त विश्वकर्माले बताएका छन् ।
जिल्लामा सञ्चालित चार वटै रेडियो, २ वटा पत्रिका, पाँच वटा अनलाईनमा काम गर्ने क्रियाशिल पत्रकारहरुलाई औपचारिक कार्यक्रमका बीच हस्तान्त्रण गरिएको हो ।
रेडियो बाजुराको सिकाइ केन्द्रमा आयोजित कार्यक्रममा नेकपा पार्टी प्रचार विभाग प्रमुख अमर खड्का, प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य धर्मराज पाध्याय, प्रेस संगठनका केन्द्रीय सदस्य कृष्ण ओली सहीतले हस्तान्त्रण गरेका हुन् । प्रेस संगठनमा आवद्ध ४६ जनालाई भने संगठनको लोगो सहीतको लाइभ जकेट समेत वितरण गरिएको छ ।
सुरक्षा संवेदशिल अवस्थामा रहेका सञ्चारकर्मीहरुलाई सुरक्षा सावधानीमा सहयोग गर्न सुरक्षा सामाग्री सहयोग गरेको पीसविन सम्पूर्ण परियोजनाका कार्यक्रम संयोजक गोविन्द्र थापाले बताएका छन् । सबै सञ्चार कर्मीलाई सामुहीक रुपमा सुरक्षा सामाग्री सहयोग गरेको प्रति नेकपा पार्टी प्रचार विभाग प्रमुख अमर खड्काले प्रेस संगठन जिल्ला शाखालाई धन्यवाद दिएका छन् ।
संगठनका केन्द्रीय सदस्य कृष्ण ओली र सचिवाल सदस्य पदम सिंहको अगुवाईमा अग्रपंक्तिमा रहेर कार्य क्षेत्रमा खटिने टेलिभिजनकर्मी, अनलाईकमी, छापामाध्याम र रेडियोकर्मीलाई सामुहीक रुपमा सहयोग गरिएको जिल्ला संयोजक बसन्त विश्वकर्माले बताएका छन् ।
जनतालाई सूसुचित गर्ने र सचेतना फैलाउनका लागि ज्यान नै जोखिममा राखेर अग्रपंक्तिमा रही काम गर्ने सञ्चार कर्मीलाई सुरक्षा सामाग्री सहयोगका लागि सहकार्य गर्न पाउँदा खुसी लागेको गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् । कार्यक्रममा नेकपा पार्टी प्रचार विभाग प्रमुख अमर खड्का, बडिमालिका ७ का वडा अध्यक्ष एवं पूर्व प्रेस चौतारीका केन्द्रीय सदस्य धर्मराज पाध्याय, प्रेस संगठनका केन्द्रीय सदस्य कृृष्ण ओली, पत्रकार महासंघका अध्यक्ष प्रकाश सिंह, पत्रकार महासंघका निवर्तमान अध्यक्ष मदनराज जैशी, प्रेस युनियनका जिल्ला अध्यक्ष प्रेम रौले लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्