Logo
Logo

दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी


630
Shares

एजेन्सी । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सियोल पश्चिम जिल्ला अदालतले आज राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको यो पहिलोपटक हो । उनी ३ डिसेम्बरको दिन सैनिक शासन लागू गर्ने निर्णय गरेपछि विवादमा परेका थिए ।

विपक्षी दलसमेतको विरोधपछि उनले ६ घण्टामै निर्णय फिर्ता लिएका थिए । संसद्ले महाअभियोग प्रस्ताव पारित गरेपछि उनी पदबाट निलम्बित अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्