काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको हो ।
यसअघि आइतबार तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको थियो । सोमबार भने सार्वजनिक बिदा परेका कारण सुनको मूल्य निर्धारण भएन ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।