काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाका विषयगत समितिमा रहेका विधेयकलाई अगाडि बढाउन पार्टीको तर्फबाट पहल गर्ने फोकल पर्सन तोकेको छ ।
मंगलबार मुख्य सचेतक महेश बर्तौला, सचेतक सुनिता बरालसहितको बैठकले संसदीय विषयगत समितिमा बिचाराधीन विधेयक अगाडि बढाउन फोकल पर्सन तोकेको हो ।
जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिमा रहेका विधेयकबारे छलफल र समन्वय गर्ने जिम्मेवारी सांसद रघुजी पन्त, अर्थ समितिमा सांसद सूर्य थापा, कानुन न्याय तथा मानव अधिकार समितिमा सांसद नैनकला थापा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको जिम्मेवारी सांसद छविलाल विश्वकर्माले पाएका छन् ।
त्यस्तै, पूर्वाधार विकास समितिको जिम्मेवारी सांसद गोकर्ण विष्टले पाएका छन् ।