Logo
Logo

स्काउटका आयुक्त सुवेदीकाे जागिर चैट


2.6k
Shares


काठमाडौं । सरकारले नेपाल स्काउटका केन्द्रीय आयुक्त आर्सीवाद सुवेदीलाई जिम्मेवारीबाट हटाएको छ ।

विदेशी महिलालाई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि नेकपा एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियु) का सचिव समेत रहेका सुवेदीलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले जिम्मेवारीबाट हटाएको हो ।

नेपाल स्काउटका प्रमुख स्काउटसमेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पुस ११ मा सुवेदीलाई जिम्मेवारीबाट हटाइएको जानकारी गराएका छन् ।

सुवेदी असोज २८ देखि कात्तिक ९ गतेसम्म ताइवानमा आयोजित स्काउटको एसिया प्यासिफिक क्षेत्रीय कार्यशालामा सहभागी भएको र सो क्रममा उनले एक विदेशी महिलालाई यौन दुव्र्यवहार गरेको विषय बाहिरिएको थियो ।

सो कार्यक्रममा सुवेदीले आफ्नो शरीरका संवेदनशील अङ्गहरू जबरजस्ती छुन प्रयास गरेको भन्दै एक महिलाले विश्व स्काउटमा लिखित उजुरी गरेकी थिइन् । स्काउटको दक्षिण एसियाली क्षेत्रीय कार्यालय (एपीआर) मार्फत नेपाल स्काउटमा उक्त घटना छानबिनका लागि पत्र काटेपछि घटना बाहिरिएको थियो ।

छानबिनपछि नेपाल स्काउटले सुवेदीले नेपाल स्काउट ऐन २०५० को दफा १८ को देहाय २ (क) र सोही नियमावलीको नियम २९ बमोजिम स्काउट आचारसंहिताको गम्भीर उल्लङ्घन गरेको भन्दै जिम्मेवारीबाट हटाएको जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्