काठमाडौं । भाटभटेनी सुपरस्टोर, रोहोटो मेन्थोलाटम नेपाल र टाटा मोटर्सको संयुक्त अभियान ‘कार बोनान्जा’का विजेता ललितपुरकी मियाप्मा राईलाई टाटा टियागो ईभी कार हस्तान्तरण गरिएको छ । टंगालस्थित भाटभटेनी सुपरस्टोरमा आयोजित कार्यक्रममा विजेता राईलाई कार हस्तान्तरण गरिएको हो ।
सन् २०२४, जुन १५ देखि सुरु भएको यो अभियान १५ नोभेम्बरमा सकिएको थियो । यो अभियानअन्तर्गत देशभरका २७ वटा भाटभटेनी सुपरस्टोरबाट कुनैपनि रोहोटोे उत्पादन खरिद गर्ने ग्राहकलाई वातावरणमैत्री टाटा टियागो ईभी कार जित्ने अवसर प्रदान गरिएको थियो ।
अभियान अवधिभर सामान खरिद गर्ने ग्राहकलाई ५० हजारभन्दा बढी कुपन वितरण गरिएको कम्पनीले जनाएको छ ।
भाटभटेनी सुपरस्टोर टंगालमा आयोजित पुरस्कार घोषणा कार्यक्रममा भाटभटेनी सुपरस्टोरका अध्यक्ष मीनबहादुर गुरुङ, रोहोटो मेन्थोलाटम नेपालका अध्यक्ष हिरोफुमी शिरामात्सु र रोहितो मेन्थोलाटम नेपालकी प्रबन्ध निर्देशक ट्रानडाङ बिच थाओको उपस्थिति रहेको थियो ।
‘कार बोनान्जा’ अभियानको सफलताले ग्राहक सन्तुष्टि र दिगो विकासप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले बताइन् । कार्यक्रममा रोहोटोे मेन्थोलाटमका निर्देशक ताकानोरी कवाई, ब्रान्ड एम्बेसडर प्रशंसा रायमाझीलगायत साझेदार ब्रान्डका प्रतिनिधिलगायतको पनि उपस्थिति थियो ।